बिहिवार, आश्विन १५ गते २०८३

जेनजी आन्दोलनमा ६८ वटा बैंकका शाखा कार्यालयमा आक्रमण

मंगलवार , भाद्र ३१, २०८२

काठमाडोँ । जेनजी आन्दोलन हिंसात्मक भएपछि देशभर ६८ वटा बैंकहरूका शाखा कार्यालयमा आक्रमण भएको र ६९ वटा एटीएममा केही असर परेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले जेनजी आन्दोलनका क्रममा बैंकहरूको कार्यालयहरूमा आक्रमण भए पनि बैंकिङ प्रणाली भने सबै ठीकठाक रहेको जानकारी दिए ।

सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रमपश्चात् बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् । तर आन्दोलनकारीहरूले बैंकहरू नै टार्गेट गरेको जस्तो देखिँदैन ।

उनले भने, ‘अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता छ,’ उनले भने । सो क्रममा डा. पौडेलले अनुभवी अर्थमन्त्री आएकाले काम गर्न सहज हुने पनि बताए ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार