शनिवार, आश्विन १७ गते २०८३

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ताको तयारी

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ताको तयारी भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आगामी बिहीबार बिहान साढे ११ बजेका लागि फोनवार्ता गर्नेगरी तयारी गरिएको छ । मंगलबार नै वार्ता हुने तयारी भएको भएपनि अन्तिम समयमा उनीहरूको वार्ता सरेको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘भोलि हाम्रोमा शोकबिदा दिइएको छ । सायद पर्सि बिहान साढे ११ बजे उनीहरूबीच फोनवार्ता हुनेछ ।’ गत भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनको बलमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

कार्की नेतृत्वको सरकार बनेपछि मोदीले सामाजिक सञ्जालमार्फत बधाइ दिइसकेका छन् । उनले गत शनिबार मणीपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महिला सशक्तीकरणको उदाहरण भएको समेत बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार