शनिवार, आश्विन १७ गते २०८३

विद्युत् प्राधिकरणबाट मन्त्रीको कार्यकक्ष हटाउन ऊर्जा मन्त्रालयको निर्देशन

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमा राखिएको ऊर्जामन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्षको कार्यकक्ष हटाउन निर्देशन दिएको छ ।

मन्त्रालयका सचिवस्तरीय निर्णयअनुसार छुट्टै कार्यकक्ष आवश्यक नभएको हुँदा हटाउन निर्देशन गरिएको मन्त्रालयका शाखा अधिकृत यज्ञप्रसाद सुवेदीले प्रेषित गरेको पत्रमा उल्लेख छ ।

यसअघिका मन्त्रीहरूले प्राधिकरणमा मन्त्रीको कार्यकक्ष राख्ने गरे पनि ऊर्जामन्त्रीका रूपमा कुलमान घिसिङ आएपछि कार्यकक्ष हटाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार