आइतवार, श्रावण २४ गते २०८३

बालेनसँगको दुश्मनी हर्क साम्पाङलाई भारी, रित्तो हात लिएर धरान पुगेपछि...

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौंबाट खाली हात फर्किएका छन् । भदौँ २४ गते जेनजीको आन्दालेनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि अब अन्तरिम सरकारको प्रधानमन्त्री को बन्ने ? निकै चर्चा भइरहेको थियो ।

उता धरानबाट मेयर साम्पाङ आफूलाई प्रधानमन्त्री बनाए देशको विकास गर्ने भन्दै एकाएक काठमाडौँ आइपुगे । र, मिनेट मिनेटमा स्टाटसहरु लेखेर आफूलाई प्रधानमन्त्री बनाउन हर्कले माहोल बनाउन खोजे ।  तर, जेनजीहरुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई प्रधानमन्त्री बनाउन खोजेका थिए ।

बालेन भने प्रधानमन्त्री बन्न तयार भएनन् । बालेन प्रधानमन्त्री बन्न तयार नभएपछि हर्क साम्पाङलाई लागेको थियो- बालेनले प्रधानमन्त्रीमा मलाई समर्थन गर्छन । तर, भइदियो ठिक उल्टो । बालेनको समर्थनमा पूर्वप्रधानन्यायधिस सुशीला कार्की प्रधानमन्त्री बनिन् । अनि खनिए साम्पाङ बालेनमाथि । 

संकटको बेला लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफूलाई जिम्मा लगाएको अभिमत अरुलाई दिएर पठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरुले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहकै कारण देशले न निकास पायो न विकास ।’हर्कले बालेनलाई भने ।

तर, बालेनसँगको दुश्मनि हर्कका लागि निकै भारि परेको देखिन्छ । अहिले प्रधानमन्त्री सुशीला कार्की भएपनि मन्त्री छान्नमा बालेनको हात रहेको छ । प्रधानमन्त्री बन्ने सपना अधुरो रहेपछि हर्कले गृहमन्त्री बन्ने सपना देखे ।  र, हर्क गृहमन्त्री बनाइदिनु पर्यो भन्दै बालुवाटार पुगे । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सात बजेदेखि एक बजेसम्म प्रधानमन्त्री कार्कीको दर्शन भेटका लागि कुरेर बसे । तर, कार्कीले भेट दिइनन् ।

प्रधानमन्त्रीले भेट नदिएपछि मन्त्रीसम्म भए पनि खाने हर्कको सपना अधुरो रह्यो । बालेनसँग खटपटका कारणले हर्कले मन्त्री समेत नपाएको चर्चा हुन थालेको छ ।  र, अन्तत उनी रित्तो हात लिएर धरान फर्किका छन् । तर, हर्कले भने आफूलाई मन्त्रीको अफर आएपनि स्वीकार नगरेको दाबी गरेका छन् । खैर, हर्क निराश हुदै धरान पुगिसकेका छन् । धरान पुगेपछि उनी जेनजी आन्दोलनपछिको परिस्थिति सम्झिँदै धुरुधुरु रोएका छन् । विदेशीले टेक ओभर गर्न सक्ने सम्भावना रहेको भन्दै साम्पाङ रोएका हुन् ।

उनी धरान पुगेपछि बालेनले पनि हर्क साम्पाङमाथि व्यंग्य गरेका छन् । बालेनले आफ्नो फेसबुकमा ‘डियर हर्क साम्पाङ’ सम्बोधन गर्दै लेखेका थिए, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’

यता हर्कले पनि बालेनको यस स्टाटसको जवाफ दिँदै लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो भएको हर्कले बताएका छन् । उनले लेखेका छन्, ‘लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ १ देशले के कति गुमायो त्यो थाहा छ ? देश रोएको बेला ऊ हाँस्दै बसेको छ ।’ आफूलाई प्रधानमन्त्री बन्नलाई बालेनले सहयोग नगरेपछि हर्क निकै असन्तुष्ट बनेका छन् । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार