शनिवार, आश्विन १७ गते २०८३

मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संसद् भवन अवलोकन र सहिदका परिवारसँग भेट गर्दै

बुधवार , आश्विन १, २०८२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ आज बानेश्वरस्थित संसद् भवन अवलोकन तथा जेनजी आन्दोलनका सहिदका घरमा जाने भएका छन्। 

उनको सचिवालयले दिएको जानकारीअनुसार मन्त्री घिसिङ  वसन्तपुरस्थित कुमारी मन्दिरमा पूजापाठमा सरिक हुनेछन्। त्यसलगत्तै उनी आन्दोलनका कारण क्षतिग्रस्त संसद् भवन अवलोकनमा जानेछन्। 

त्यसपछि जेनजी विद्रोहमा सहिद बनेकाका परिवारलाई भेटेर समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। सरकारले आन्दोनलमा मारिएकाहरूको पीडामा आजै राष्ट्रिय शोक घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिएको छ। 

घिसिङलाई ऊर्जासँगै भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।  जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले सिंहदरबार र सर्वोच्च अदालतसँगै संसद् भवनमा पनि तोडफोड र आगजनी गरेका थिए।  

जेनजीको नेतृत्वमा यही भदौ २३ र २४ गते काठमाडौँसहित देशका विभिन्न सहरमा भएको प्रदर्शनमा ७२ जना मारिए भने सयौँ घाइते भएका छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार