शनिवार, आश्विन १७ गते २०८३

मन्त्री घिसिङले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई भेटे

बुधवार , आश्विन १, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई भेटेका छन् ।

मन्त्री घिसिङले मृतक विनोद महर्जनको घरमै पुगेर परिवारलाई भेटेका हुन् । भेटका क्रममा उनले मृतक महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनामा समवेदना व्यक्त गरेका थिए ।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारी, सर्वसाधारण र सुरक्षाकर्मीसहित ७० बढीको मृत्यु भएको छ । उनीहरुलाई शहीद घोषणा गर्ने सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार