शनिवार, आश्विन १७ गते २०८३

जनमत पार्टीका अध्यक्ष सीके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम

बुधवार , आश्विन १, २०८२

काठमाडौँ । जनमत पार्टीका नेताहरूले पार्टीका अध्यक्ष डा सीके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् । पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना नेताहरूले बुधबार दुवै नेताको राजीनामा मागेका हुन् ।

जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै राजीनामा मागिएको छ ।

राजीनामा माग गर्नेमा केन्द्रीय प्रवक्ता डा शरतसिंह भण्डारी, जनमत युवा संघका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बमले छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार