शनिवार, आश्विन १७ गते २०८३

कुलमानलाई हर्कको सुझाव : कुलमान जी, भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाउनुस्

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाउन ऊर्जा मन्त्री कुलमान घिसिङलाई सुझाव दिएका छन् ।

कुलमान घिसिङले नेपालीको सहयोगबाटै सिंहदरबार लगायतका भौतिक संरचना निर्माण गरिने बताउँदै गर्दा उनको यस्तो सुझाव दिएका हुन् । अन्यथता कुलमानको बचेको इमेज बिग्रने उनले चेतावनी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुलमान जी, भ्रष्टहरूको बिना स्रोतको सम्पत्ति राष्ट्रियकरण गरेर त्यसबाट सिंह दरबार अर्थात् सेवा केन्द्र बनाउनुस्, तर, भ्रष्टहरूलाई कुनै कारबाही तिर नलागी नेपालीबाट सहयोगको अपेक्षा नगर्नुस् ! खबरदार !! इमेज सकिएला !!!’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार