शनिवार, आश्विन १७ गते २०८३

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबिच भेटवार्ता

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो भएको भेटमा राजदूत सोङले नेपाललाई चीनले सधै सयहोग गर्ने बताएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार असल छिमेकीका नाताले चीनले नेपालका जनताको चाहानालाई सम्मान गर्ने भन्दै सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन तत्पर रहेको राजदूतले बताएका हुन् ।

राजदूत सोङले भनेका छन्, ‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं, आगामी दिनमा पनि सहयोग गर्छौं । सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ ।’

कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चिनियाँ राजदूतले भेटेको यो पहिलो पटक हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार