शनिवार, आश्विन १७ गते २०८३

संसद् भवन जलेको डेढ हप्तापछि अवलोकनमा निस्किए सभामुख

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । जेनजी प्रदर्शनपछि गुमनाम बनेका विघठित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे डेढ हप्तापछि देखिएका छन् ।

बिहीबार सभामुख घिमिरे एकाएक जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको संसद भवनको अनुगमन गर्न निस्किएका छन् । उनी संसद् भवन जलेको नवौँ दिनमा मात्र जलेको संसद् भवन हेर्न आइपुगेका हुन् ।

अर्थात आन्दोलनपछि एक राष्ट्रिय सभाका अध्यक्ष र सभामुखको हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्नुबाहेक विगठित प्रतिनिधि सभाका सभामुख सार्वजनिक भएकै आज हो भन्दा हुन्छ ।

अनुगमनमा नेकमा एमालेका निवर्तमान सांसद महेश बर्तौलालगायतका सांसदहरु पनि सहभागि छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार