काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको ब्यारेकबाट १० दिनमा बाहिर आएका छन् । २४ गते जेनजीको आन्दोलन एकाएक चर्किएपछि पुराना नेताहरुको भागाभाग भएको थियो ।
आन्दोलन चर्किएपछि ओली पनि प्रधानमन्त्री पदबाट राजीनामा दिएर बालुवाटारबाट भागेका थिए । उनी कहाँ गए ? जेनजीहरुले केही अत्तोपत्तो समेत पाएनन् ।
एकथरिले ओली दुबइ भागेको समेत अनुमान गरे । अर्कोथरिले ओली भारत भागेको अनुमान गरे । तर, ओलीलाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरि शिवपुरीमा रहेको सैनिक ब्यारेकमा राखेको थियो । सैनिक ब्यारेकमा ओलीले १० दिन बिताए ।
बिस्तारै माहोल सेलाएपछि ओली त्यँहाबाट १० दिनमा बाहिर आएका हुनु् । त्यहाँबाट बाहिर आएपनि अब ओली कहाँ बस्ने भन्ने टुंगो लागेको छैन । बालकोटमा रहेको ओलीको नीजि निवास जेनजीहरुले जलाएर ध्वष्त पारेका छन् ।
एमालेका नेताहरुले ओलीका लागि घर भाडामा खोजिरहेका छन् । तर, अहिलेसम्म सोचेजस्तो घर भाडामा पाइएको छैन । त्यसैले ओली अब केही दिन भक्तपुरको गुण्डुमा बस्ने ओली निकट स्रोतले बताएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा अध्यक्ष ओली नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका हुन्।
सम्भव त ओली शुक्रबार अर्थात असोज तिन गते संविधान दिवसको अवसरमा काठमाडौँमा सार्वजनिक हुने सम्भावना रहेको छ । तर, जनेजीहरुका कारण असुरक्षा बढेमा ओली तत्काल काठमाडौँ आउने छैनन् । ओली सरकार ढलेसँगै सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनिसकेको छ।