शनिवार, आश्विन १७ गते २०८३

टुंडिखेलमा संविधान दिवस मनाइयो

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत सहभागी छन् ।

अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।

मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार