शनिवार, आश्विन १७ गते २०८३

नेपाल यात्रा गर्ने भारतीय नागरिकलाई सावधानी अपनाउन दूतावासले जारी गर्‍यो एडभाइजरी

शनिवार , आश्विन ४, २०८२

काठमाडौँ । जेन जी आन्दोलनपछि नेपालको पछिल्लो अवस्थाप्रति काठमाडौँस्थित भारतीय दूतावासले आफ्ना नागरिकलाई सावधानी अपनाउन सुझाव दिँदै एडभाइजरी जारी गरेको छ ।

जेन जी आन्दोलनपछि बिग्रिएको नेपालको अवस्थामा केही सुधार भए पनि यात्रा गर्दा अझै सावधानी अपनाउन दूतावासले आफ्ना नागरिकलाई सुझाव दिएको छ।

काठमाडौँस्थित भारतीय दूतावासले शुक्रबार आफ्ना नागरिकका लागि एडभाइजरी जारी गर्दै नेपाल यात्रा गर्ने भारतीय नागरिकलाई सावधानी अपनाउन र भारतीय दूतावास वा स्थानीय अधिकारीले जारी गरेका सल्लाह पालना गर्न सुझाव दिएको छ ।

‘नेपालको स्थितिमा केही हप्ताको तुलनामा सुधार आए पनि सडक यातायात र उडान नियमित रूपमा सञ्चालन भइरहेका छन्’, दूतावासले भनेको छ । भारतीय दूतावासले आफ्ना नागरिकलाई सहयोग गर्न हेल्पलाइन नम्बर, आपत्‌कालीन नम्बर र इमेल ठेगाना पनि जारी गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार