शनिवार, आश्विन १७ गते २०८३

स्वास्थ्य सचिवमा रोकिएकी डा. संगीता स्वास्थ्य मन्त्री बन्दै

आइतवार , आश्विन ५, २०८२

काठमाडौँ । हालै भएको स्वास्थ्य सचिवको बढुवामा रोकिएकी स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा। संगीता कौशल मिश्र स्वास्थ्य मन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रीमा संगीतालाई रोजेको उच्च स्रोतले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले डा। संगीतालाई रोकेर डा। विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो । त्यसयता संगीता असन्तुष्ट भएर बिदामा बस्दै आएकी थिइन् । मन्त्री बन्नलाई उनले राजीनामा दिइसकेको जनाइएको छ ।

उनी यौन तथा प्रजनन् स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व गरिसकेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार