काठमाडौँ । सहिद हुन तयार भएर संविधान जोगाएका राष्ट्रपति रामचन्द्र पौडेलको अहिले चौतर्फी प्रशंसा भइरहको छ । सम्भवत राष्ट्रपति पौडलेको नाम पनि इतिहासको पानामा लेखिनेछ ।
दबाबका बीच उनले चालेको साहशिक कदम प्रशंसा गर्न योग्य छ । गत २४ गते जेनजी आन्दोलनले सरकार ढल्यो । देश नेतृत्व बिहीन भयो । भदौ २४ गते राति विभिन्न किसिमका अफवाहहरू चले । राजतन्त्र फर्किने बारेमा समेत अटकलहरू चले । राष्ट्रपति पौडेलले राजीनामा दिएको पनि हल्ला चल्यो ।
उता प्रधासेनापति असोकराज सिग्देलले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई भेटेपछि झनै शंसय पैदा भएको हो । २४ गते राति सेना प्रमुखले राष्ट्रपति पौडेललाई पद छोड्न दबाब दिएका थिए । राष्ट्रपतिसँग सेनाका प्रमुखले भनेका थिए, ‘तपाईं राजीनामा दिनुहोस्, बाँकी हामी सम्हाल्छौं ।’
यसमा राष्ट्रपतिले जवाब दिए, ‘म राजीनामा दिन्नँ । तपाईंले मलाई मारिदिनुहोस् र जेनजीका प्रदर्शनकारीहरूलाई हत्या गरेको आरोप लगाइदिनुहोस् । त्यसपछि जे गर्नुहुन्छ, गर्नुहोस् । ’
यदि त्यसदिन राष्ट्रपतिले दबाब थेग्न नसकेर राजीनामा दिएको भए देशमा जे पनि हुनसक्थ्यो । देश सेनाको हातमा जानसक्थ्यो, संविधान बिहीन हुन्थ्यो । अर्थात राजसंस्था आउन सक्थ्यो । तर, राष्ट्रपति पौडेलले शाहसी काम गरे ।
दोस्रो दिन पनि फेरि ठुलै संटक आयो । मेयर बालेन शाह र सुशिला कार्कीले पहिले संसद विघटन गनुपर्ने, त्यसपछि मात्र प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग राखे । संसद विघटन पहिले त्यसपछि मात्रै प्रधानमन्त्री नियुक्त गर्नुपर्ने खटपट दुइदिनसम्म चल्यो । फेरि राष्ट्रपति पौडेलले जवाफ दिए ‘म शहीद हुन तयार छु तर प्रधानमन्त्री नियुक्तिभन्दा पहिले प्रतिनिधि सभा विघटन गर्दिन’
राष्ट्रपतिको अडानपछि पहिले प्रधानमन्त्रीको नियुक्ति र त्यस लगत्तै प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरिएको हो ।
यससँगै फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् । संविधान पनि जोगिएको छ । यसरी राष्ट्रपति पौडेलको शाहसी पूर्ण कामले मुलुक ठुलो संकटबाट बचेको छ ।