अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरिएको छ ।
यस्तै महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा स्वास्थ्यमन्त्रीका रूपमा सिफारिस गरिएको छ ।
सिफारिस भएका नयाँ मन्त्रीहरुको सपथ सोमबार हुनेछ । स्वास्थ्य मन्त्रीमा सिफारिस डा. मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा दिएकी हुन् । यसअघि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक तथा कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुख भएर काम गरेकी हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन् । यस्तै उद्योग तथा भूमिसुधार मन्त्रीमा सिफारिस भएका अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा सिफारिस भएका जगदीश खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् ।
यस्तै कृषिमन्त्रीमा सिफारिस भएका डा. मदन परियार जलवायु तथा कृषिविज्ञसँगै समता फाउन्डेसनका अध्यक्ष हुन् ।