काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको शपथ लिएका महावीर पुनले किताब बेच्दै गरेको मान्छे अपरझट मन्त्री बन्नु परेको भन्दै अहिले नै यो यो काम गर्छु भनेर नभन्ने बताएका छन् ।
शितल निवासमा शपथ लिएपछि पत्रकारहरुसँग बोल्दै उनले भने, ‘अपरझट किताव बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाएपछि अहिले नै के गर्ने भन्नेर नसोध्नुहोस् ।’ उनले विज्ञहरुको सुुझाव लिएर छरितो तरिकाले काम गर्ने समेत बताएका छन् । पुनले भने, ‘विज्ञहरुको सल्लाह, सुझाव माग्छु, राम्रो मान्छेको राम्रो सुझाव लिएर सकेसम्म छिटो, छरितो काम हुन्छ ।’
यद्यपि उनले विज्ञान प्रविधि र नवप्रवर्तनमा आफ्नो प्राथमिकता रहने बताएका छन् । उनले भने, ‘विज्ञान प्रविधि, नवप्रवर्तन नै मेरो प्राथमिता हुन्छ, त्यतिले मात्रै हुँदैन् । शिक्षाप्रति के गर्न सकिन्छ भन्ने कुरा म अहिले बताउन चाहान्नँ ।’