बिहिवार, आश्विन १५ गते २०८३

२ लाख २१ हजारबाट उकालाे लाग्याे सुनको भाउ

मंगलवार , आश्विन ७, २०८२

काठमाडौँ ।  मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ २६८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार