शनिवार, आश्विन १७ गते २०८३

युवाहरूलाई ओलीको आग्रह - देश बनाउन हिँडेका कर्मठ युवाहरू हावामा नकुदौं

मंगलवार , आश्विन ७, २०८२

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई इमानदार र क्लिन हुन आग्रह गरेका छन् ।

मंगलबार बिहान गुण्डुमा कार्यकर्ताहरूसँगको भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन् । उनले कर्मठ युवाहरू हावामा कुद्ने नभइ आफ्नो र देशप्रतिको कर्तव्य बिर्सन नहुने बताएका हुन् । 

‘देश बनाउन हिँडेका कर्मठ युवाहरू हावामा कुद्ने होइन । आफ्नो कर्तव्य के हो ? देशप्रतिको कर्तव्य के हो ? समाजप्रतिको कर्तव्य के हो ? पढाइमा कति ध्यान दिने ? जहाँपनि हामीले इमानदार हुन सिक्नुपर्छ, क्लिन हुन सिक्नुपर्छ,’ ओलीले भने, ‘नलेज बढाउने, क्यारेक्टर डेभलप गर्नुपर्छ । सामाजिक सञ्जालको डिजिटल प्लेटफर्ममा सहभागी हुने, त्यसको सदूपयोग गरिरहेको छु कि छैन भनेर राम्ररी विचार गर्ने गर्नुपर्छ ।’

जेनजी प्रदर्शनपछि देश बदनाम अवस्थामा पुगेको भन्दै अत्यन्तै जिम्मेवार र सभ्य बनेर यसबाट उठाउन लाग्नुपर्ने बताएका हुन् । ‘नेपाल एउटा बदनाम अवस्थामा पुगेको छ । त्यसबाट हामीले भन्न सक्नुपर्नेछ, नेपाल इमानदार अवस्थामा छ भनेर । अत्यन्तै जिममेवार र सभ्य मानिसहरूको काँधमा यो कुरा आएको छ,’ उनले भने ।

उनले जेनजी प्रदर्शनका क्रममा मान्छेहरू योजनाबद्ध रुपमा लागेको देखिएको पनि बताए । ‘उनीहरूको योजनाबद्ध तयारी देखिन्छ । फेरि बादल लाग्यो भन्दैमा बादल हट्दैन भन्ने छैन,’ उनले भने, ‘साँझ पर्‍यो भन्दैमा भोलि बिहान उज्यालो हुन्छ भन्ने कुरा विचार पुर्‍याउनुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार