काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दालेनपछि सबै भन्दा चर्चामा आएका पात्र हुन्— ३८ वर्षीय सुदन गुरुङ । सुदन गुरुङले विश्वको ध्यान आफूतिर तानिरहेका छन् ।
उनलाई नेपाली राजनीतिमा बालेन शाह पछि उदाएको अर्को चम्किलो ताराको रुपमा समेत एक थरि लिइरहेका छन् । जेनजी आन्दोलनले २७ घण्टामा केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्यो ।
भदौ २४ गते अगाडिसम्म सुदन एक सामान्य व्यक्ति नै थिए । नत सुदन नेतानै थिए । जेनजी आन्दोलनमा सुरुमा सुदनको टोलीले पानी बाड्ने काम गरेका थिए । तर, भदौ २४ गते आन्दोलन उग्र बनेपछि त्यसको फाइदा सुदनले लिए । अर्थात सुदनले जेनजी आन्दोलननै हाइज्याक गरे ।
जेनजी बिद्रोहका सुत्राधार मध्यका एक मिरज ढुंगानाले सुदनले आन्दोलनमा राजनीति मिसाएको दाबी गरेका छन् ।जेनजी आन्दोलन हाइज्याक गरेपछि सुदन किङमेकर बनेका छन् । ओली सरकार ढालेपछि सेना र राष्ट्रपतिसँगको वार्तामा सक्रिय हुदै सुदनले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन भूमिका खेले ।
प्रधानमन्त्रीको शपथ लगत्तै उनले कार्कीको खुट्टामा ढोगे । लगत्तै राष्ट्रिय भण्डा ढोगेको तस्बीर बाहिरियो । यो दृश्यले उनले निकै प्रशंसा पाए । तर, एकथरिले उनको प्रशंसा गरिरहेका छन् भने अर्कोथरिले निकै आलोचना गरिरहेका छन्।
अहिले उनी आफ्नै कामले ट्रोल पनि बनिरहेका छन् । जेनजीहरुलाई झपारेपछि विवादमा तानिएका सुदन ‘मलाई नेता नबनाउ’ भन्दै रोएको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो । अहिले सुदनको चुरीफुरी निकै बढेको देखिन्छ । पुराना नेतालाई कुट्नेदेखि संविधान जोगाउने या नजोगाउने ? यो विषय आफ्नो हातमा रहेको भन्दै उनले घुर्की लगाउँछन् ।
अब लागौँ मुख्य विषयतर्फ : सुदनमाथि डलर खाएको आरोप लागेको छ । सुदनले नेतृत्व गर्ने संस्थामाथि प्रश्न उठेको हो । उनको ‘हामी नेपाली’नामक संस्थमामा पश्चिमा लगानी रहेको र उतैको एजेण्डा सेटिङ गरेको आरोप छ । यसको मेन्टरमा नेत्र चिकित्सक सन्दुक रुइत छन् ।
उनी बारबरा फाउन्डेसनका अध्यक्ष समेत हुन् । उनीहरुले सुधनलाई सहयोग गर्ने गरेका छन् । र, यी सबै संस्थालाई ओपन सासाईटी फाउन्डेसनको सहयोग रहेको आरोप छ । त्यसकारण सुदनमाथि डलर खाएको आरोप लागेको हो । अहिले अन्तरिम सरकारको मन्त्रीमा नियुक्त भएका अधिकांशहरु बारबरा फाउन्डेसनसँग जोडिएका छन् ।