काठमाडौँ । बुधबार पनि सुनको भाउ उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख २३ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको चाउ २० रुपैयाँले बढेर २७ सय रुपैैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।