काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले अध्यक्ष पद छाडेका छन्।
बुधबार काठमाडौँमा बसेको केन्द्रीय समितिमा पद त्याग्ने प्रस्ताव गरेका हुन्। पार्टी उपाध्यक्ष मानुषीयमी भट्टराईका अनुसार उनले पद त्यागको प्रस्ताव राख्दै विशेष महाधिवेशन फागुनमा गर्ने प्रस्ताव गरेका छन्। साथै, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ ।
आयोजक कमिटीको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
नयाँ वैकल्पिक शक्तिहरूसँग छलफलमा लाग्ने गरी बाबुरामले पद त्याग गरेको पार्टीका एक नेताले जानकारी दिए।