शनिवार, आश्विन १७ गते २०८३

अध्यक्ष प्रचण्डले भने– लोकतन्त्र रक्षाका लागि २१ फागुनमै चुनाव हुनुपर्छ

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको रक्षाका लागि आगामी फागुन २१ मै चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा दाहालले यस्तो जोड दिएका हुन् । निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष पहल गर्ने समेत उनले उल्लेख गरेका छन् । बैठकमा अध्यक्ष दाहालले राजनितिक एंव संगठनात्मक प्रस्ताव राखेका छन् ।

सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनका लागि चुनावको मिति तोकेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार