शनिवार, आश्विन १७ गते २०८३

राष्ट्रिय दलित आयोगले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गर्यो (विज्ञप्तिसहित)

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । राष्ट्रिय दलित आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । बिहीबार आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

p

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगका माननीय अध्यक्ष श्री देवराज विश्वकर्माले आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार