आइतवार, श्रावण २४ गते २०८३

ओली, देउवा लगायतका शीर्ष नेताहरू विदेश भाग्ने आशंका, सबै नेताहरुको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

बिहिवार , आश्विन ९, २०८२

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ । 

गत २४ गते त्रिभुवन विमानस्थल जेनजीहरुले घेरेपछि पुराना दलका शीर्ष नेताहरु विदेश भाग्न नसकेको आँकलन गरिएको छ । यसैबीच अहिले अन्तरिम सरकारले एक एक गरि पुराना नेताहरुमाथि छानबिन गर्ने र दोषी ठहर भए जेल कोच्ने रणनीति गरेको छ । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि बिहीबार सरकारले भ्रष्टाचारको अनुसन्धान तीव्र बनाउनसक्ने भनी अभिव्यक्ति दिएका छन् ।

उनले लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्नसक्ने बताउँदै त्यसपछि लोकतान्त्रिक राजनीतिक दलहरूमा प्रतिबन्ध लगाउने र अनुकूलको निर्वाचन गराउने जिकिर गरे ।

दुई साता अघिसम्म प्रमुख विपक्षी दलका नेता समेत रहेका दाहालले त्यसमा प्रतिगामी र प्रतिक्रियावादीहरू सक्रिय रहेको समेत दाबी गरे । प्रचण्डलाई पनि यो सरकारले कतै जेल कोच्ने हो की ? भन्ने डर लागेको उनले दिएको अभिव्यक्तिबाट पुष्टि हुन्छ ।  

जेन–जीमाथि गोली हान्न आदेश दिने, भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान अगाडि बढिरहेको छ । गत २४ गते जेनजीहरुले पुराना नेताहरुको घरमा आगो लगाउदा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका थुर्पै नेताहरुको घरमा पैसाको बिटो भेटिएको थियो । यदि त्यो कालो धन नभएको भए बैंकमा राखिन्थ्यो ।

तर, त्यो त भ्रष्टाचारबाट आएको धन भएकाले घरभित्र थुपारेको आरोप लागेको छ । त्यसैले अन्तरिम सरकार पनि एक्सनमा उत्रिएका छ । ओली, रमेश लेखक, देउवा र प्रचण्डमाथि अनुसन्धान भइरहेको छ ।

अनुसन्धान विभागको टोलीले घर घरमा पुगेर मुचुल्का बनाइरहेको छ । यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा ठूलो मात्रामा भेटिएका नोटबारे छानबिन सुरु भएको जानकारी दिएकी छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्।

‘प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएका नगद रकमका सन्दर्भमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ,’ उनले भनिन्।

नेताहरूमाथि अनुसन्धानको प्रक्रिया समेत अघि बढाएको अवस्था नेताहरु विदेश भाग्न सक्ने सम्भावनाछ । बुढेसकालमा जेलको हावा खानुभन्दा विदेशमा विलासी जिवन जिउनु नै उत्तम हुने उदेश्यले नेताहरु विदेश भाग्न सक्ने आशंका छ । उक्त आशंकाको आधारमा सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो ।

स्रोतका अनुसार, पासपोर्ट रोक्काका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकको नाम किटेरै आएको छ । पासपोर्ट रोक्का गर्ने वाचलिस्टमा देउवा र पत्नी आरजु राणा देउवाको नामसमेत राख्ने गृहकार्य पनि भइरहेको छ । र, अन्य शीर्ष नेताहरुको पनि पासपोर्ट रोक्ने तयारी भइरहेको छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार