शनिवार, आश्विन १७ गते २०८३

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

आइतवार , आश्विन १२, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने भएको छ ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक सूचना जारी गरी केन्द्रीय कार्यसमिति बैठक २६ गते बोलाइएको जानकारी दिएका हुन्।

बैठक असोज २६ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव पौडेलले जानकारी दिएका छन्।उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ ।

कांग्रेसभित्र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरी पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन्।

असोज ३ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमै महामन्त्री थापाले पार्टीको नियमित महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै गर्न सकिने बताएका थिए।

भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनपछि कांग्रेसले पहिलो पटक पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार