काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका धरानका हर्क साम्पाङले चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन् ।
श्रम संस्कृति पार्टी नामक नयाँ दल दर्ताका लागि उनले यही भदौ ६ मा निर्वाचन आयोगमा निवेदन पेश गरेका छन् । आयोग उच्च स्रोतका अनुसार उनी आफैँ अध्यक्ष रहने गरी दल दर्ताको निवेदन पेश भएको छ ।
निवेदनमाथि राजनीतिक दल दर्ता सम्बन्धी ऐन तथा नियमावली अनुसार आवश्यक प्रमाण पुगे नपुगेको अध्ययन भइरहेको र हेरेर निर्णय लिने आयोगका एक अधिकारीले बताए ।