शनिवार, आश्विन १७ गते २०८३

ओली लेखकसहित यी पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस, उपत्यका बाहिर जान पनि रोक

आइतवार , आश्विन १२, २०८२

काठमाडौँ । जेन जी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ। आइतबार बसेको आयोग बैठकले राहादानी रोक्का गर्न सिफारिस गरेको स्रोतले बतायो।

आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सिडिओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो।

आयोगले राहदानी विभागलाई पत्राचार गरेको छ। आयोगको स्वीकृत बिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि सम्बन्धित निकायमा पत्राचार गरिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार