आइतवार, कार्तिक ९ गते २०८३

धनुषामा आफ्नै श्रीमति र बाबुको हत्या गरी आँप बगैँचामा गाड्ने पक्राउ

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं । धनुषामा एक व्यक्तिले आफ्नै श्रीमति र बाबुको हत्या गरेका छन् । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेका हुन् । 

२७ वर्षीय भागेश्वरले सोमबार राति १२ बजेतिर दुवैको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा खाल्डो खनेर गाडेका थिए । पारिवारिक विवादका कारण उनले बुवा र श्रीमतीको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

शव गाडेको ठाउँमा उत्खनन् गर्दा दुवैको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए । भागेश्वर वैदेशिक रोजगारीबाट गत चैत महिनामा घर फर्केका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार