शनिवार, आश्विन १७ गते २०८३

मूल पुजारीबाट राष्ट्रपतिले लगाए दसैँ टीका

बिहिवार , आश्विन १६, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा हनुमानढोकास्थित दसैँघरका मूल पुजारी देवराज अर्यालबाट दसैँको टीका लगाएका छन्। 

उनले बिहान ११ बजेर ५३ मिनेटको शुभ साइतमा टीका प्रसाद ग्रहण गरेका हुन्। तर राष्ट्रपति पौडेल आफूले भने यसपालि सर्वसाधारण नागरिकलाई टीका लगाइदिएनन्।  देशको विषम परिस्थितिका कारण यस वर्ष उनले टीका लगाइदिने कार्यक्रम नराखिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार