आइतवार, श्रावण २४ गते २०८३

रूस र युक्रेनले गरे १८५ जना युद्धबन्दीहरू साटासाट

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौँ । रुस र युक्रेनले १८५ युद्धबन्दीहरू साटासाट गरेका छन्। रुसको रक्षा मन्त्रालयले युक्रेनले १८५ सैनिकहरू फिर्ता गरेको जनाएको छ । 

जुलाई २३ मा भएको रुसी युक्रेनी सम्झौता अनुसार, किभको नियन्त्रणमा रहेको क्षेत्रबाट १८५ सैनिकहरूलाई स्वदेश फिर्ता गरिएको छ। बदलामा, रुसी पक्षले १८५ युक्रेनी युद्धबन्दीहरूलाई रिहा गरेको मन्त्रालयले जनाएको छ। 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रिहा गरिएका युक्रेनीहरूको तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै आदान प्रदानको पुष्टि गरेका हुन्। फर्काइएकामध्ये १८३ जना सैनिक र सार्जेन्टहरू छन् भने २ जना अधिकृत तहका सैनिक रहेको जेलेन्स्कीले जानकारी दिए। उनीहरूलाई आवश्यक पर्ने सबै सहयोग प्राप्त गर्ने वातावरण तयार भएको जेलेन्स्कीले बताए ।

रुस र युक्रेनबीच टर्कीको महानगर इस्तानबुलमा भएको तीन चरणको शान्ति वार्ता आयोजना गरे जसको परिणामस्वरूप प्रमुख कैदी आदानप्रदान र द्वन्द्वको भविष्यको शान्ति सम्झौताको लागि आ आफ्नो स्थितिको रूपरेखा प्रस्तुत गर्ने मस्यौदा तयार थियो। 
सन् २०२२ मा रुसले आक्रमण सुरु गरेदेखि दुवै पक्षका दशौँ हजार सैनिक मारिएका छन्, यद्यपि दुवै पक्षले नियमित रूपमा आफ्नो हताहतको तथ्याङ्क भने सार्वजनिक गरेका छैनन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार