आइतवार, कार्तिक ९ गते २०८३

अफगान घटनाक्रमबारे सारोकारवाला देशसंग वार्ताको पहल थाल्न पाँच पुर्व राजदुतहरुको आग्रह

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं । सरकारलाई अफगानिस्तान राजनितिक घटनाक्रमबारे सरोकारवाला देशहरुसंग वार्ताको पहल गर्न पाँच पूर्व राजदूतहरुले आग्रह गरेका छन् । अफगानिस्तानको राजनीतिक घटनाक्रमका कारण उत्पन्न चुनौतीहरुलाई सम्बोधन गर्न तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको पहल थाल्न सरकारलाई उनिहरुले सुझाएका हुन् । 

सार्कको अध्यक्षको हैसियतले नेपालले यस क्षेत्रमा स्थिरताको लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै रुसका लागि पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठ, भारतका लागि पूर्व राजदूतहरु दीपकुमार उपाध्याय र दुर्गेशमान सिंह, अमेरिका र बेलायतका लागि पूर्व राजदूत डा. सुरेश चालिसे र चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्केले संयुक्त प्रेस विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेका हुन् ।

विज्ञप्तिमा अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रहरुको लागि चासो र चिन्ताको विषय भएको उल्लेख गरिएको छ । त्यहाँ विकसित भैरहेको स्थितिले यो क्षेत्रको सामाजिक, आर्थिक, आप्रवासन र सुरक्षा मामलामा दूरगामी परिणाम पर्ने निश्चित रहेको पनि जनाइएइको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार