शनिवार, आश्विन १७ गते २०८३

सुदन गुरूङले घोषणा– अब हामी नेपाललाई जेनजी आन्दोलनबाट पूर्णतया अलग गराउने

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौँ । हामी नेपालु का संयोजक सुदन गुरूङले आफ्नो संस्थालाई अब जेन–जी आन्दोलनबाट पूर्णतया अलग गराउने बताएका छन्।

उनले फेसबुकमा भिडिओ प्रसारण गर्दै उक्त जानकारी दिएका हुन्। जेन–जी आन्दोलनपछि चर्चामा आएका गुरूङ जेन–जीहरूको प्रतिनिधिकै रूपमा सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति प्रक्रियामा पनि जोडिएका थिए। उनी कार्कीको शपथग्रहण समारोहमा उपस्थित थिए। पछि मन्त्री नियुक्तिमा उनको टिप्पणी पनि सार्वजनिक भएको थियो।

उनले भिडिओमा भनेका छन्, 'अब जेन–जी र हामी नेपाललाई पूर्णतया अलग गराउने हाम्रो सोचाइ छ। हामी नेपाल एक सामाजिक संस्था हो, र यो विगतमा जस्तै सामाजिक काममा मात्र केन्द्रित हुनेछ।'

हामी नेपालले लामो समयदेखि समाजका बेथिति, विसंगति र भ्रष्टाचारविरूद्ध आवाज उठाउँदै आएको उनले बताए। जेन–जी आन्दोलनका सहिद र घाइतेहरूका नाममा हामी नेपालले पैसा उठाएर दुरूपयोग गरेको आरोपको पनि उनले खण्डन गरेका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार