शनिवार, आश्विन १७ गते २०८३

गत असोज १२ जस्तै जोखिम हुने खतरा छ, सतर्कता अपनाऔं : कांग्रेस

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौँ ।  नेपाली कांग्रेसले प्रक्षेपित भारी वर्षाको प्रतिकूलतासँग जुध्नका लागि सरकार, दलहरू र नागरिकलाई सजग रहन अपिल गरेको छ ।

गत वर्षको असोज १२ गते भएको जनधनको ठूलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहेको भन्दै कांग्रेसले पूर्वतयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता सन्देश पनि जारी गरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सडक यात्रामा रहेका यात्रुहरूलाई मार नपर्ने गरी काम गर्न आह्वान गरेका छन् । ‘सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरू र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गरौं, गराऔं,’ पौडेलले अपिलमार्फत भनेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार