सोमवार, श्रावण २५ गते २०८३

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन निर्देशन

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं । कोरोना संक्रमण जोखिमका कारण रद्ध भएको कक्षा १२ को परिक्षा भौति उपस्थितिमै लिन निर्देशन भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको हो । 

मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् । 

शिक्षा मन्त्रालयले पनि भौतिक मरुपमै परिक्षा लिने तयारी गरिरहेको जनाएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार