आइतवार, कार्तिक ९ गते २०८३

गाँजा बोकेर कतार जान लागेका युवा विमानस्थलबाट पक्राउ 

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं । गाँजा बोकेर कतार हिँडेका एक युवा विमानस्थलबाट पक्राउ परेका छन् । चितवन खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठकलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो । उनि लागूऔषध गाँजा बोकेर कतार जान लागेको थिए ।

विमानस्थल प्रहरीका अनुसार स्क्रिनिङका क्रममा पाठकले लगेजमा आयुर्वेदिक औषधिका बट्टाभित्र ८ सय ग्राम गाँजा राखिएको भेटिएको थियो । उनलाई पक्राउ गरेर विमानस्थल प्रहरीले लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्र प्रसाईंका अनुसार कतार एयरवेजको उडानमार्फत दोहा जान लागेको अवस्थामा पाठकलाई मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार