बिहिवार, आश्विन १५ गते २०८३

सुनचाँदीको मूल्यले राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । सुनचाँदीको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ ।

प्रतितोला दुई हजार पाँचसय रुपैयाँ बढेर सुनको मूल्य आज दुई लाख ३३ हजार एकसय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो ।  हिजो सुनको मूल्य तोलाको दुई लाख ३० हजार ६ सय रुपैयाँ थियो ।

असोज १२ गतेपछि आइतबार पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलाको ७ हजार चारसय रुपैयाँ बढेको थियो । सुनको मूल्य हिजो र आज गरेर नौ हजार नौसय रुपैयाँ बढेको छ । यसअघि असोज १२ गते सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको थियो । त्यसयता आइतबार मात्रै सुनको मूल्य निर्धारण भएको हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला चाँदीको मूल्य आज दुई हजार नौसय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ थियो । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार