आइतवार, कार्तिक ९ गते २०८३

उपत्यकामा निषेधाज्ञा थपिएला त ? यस्तो छ तयारी 

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न मंगलबार ३ जिल्लाका प्रमुखहरुको छलफल हुँदै छ । हाल प्रशासनले राति ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाएको छ । हाल सार्वजनिक स्थानमा भीडभाड गर्न, सभा सम्मेलन र जुलुस गर्न रोक लगाइएको छ ।

साथै प्रशासनले जात्रा, महोत्सवको साथै शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठन–पाठन, मनोरञ्जन र खेलकुदका क्षेत्रमा पनि निषेध छ । कोरोना भाइरसको संक्रमण दर केही घट्दै गए पनि जोखिम कम नभएको भन्दै यि नियमहरुलाई निरन्तरता दिँदै थप एक साता निषेधाज्ञा थप्ने तयारी छ ।

तर निषेधाज्ञा थप्नुअघि कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्नेछ । बैठकको सिफारिसअनुसार निर्णय हुने जनाइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार