उनले भने, ‘हामीले जाहेरी दिएका छौं । २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिन्छौं भन्नुभएको छ ।’ उनले आफूहरू कानूनी राज्यको पक्षधर विद्यार्थी भएकाले विधिको शासनको वकालत गर्दै जाहेरी दिएको बताए । उनले सरकारी वकिलसँगको परामर्शपछि प्रहरीले लिने निर्णयपछि नै आफूहरूले पनि थप निर्णय लिने बताए ।
अखिलले सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा बालेन र सुधनलाई आरोपित गरेका छन् ।
यसअघि गुरुङ लगायतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको किटानी जाहेरी पनि प्रहरीले बुझेको छ । प्रहरीले उक्त जाहेरी जेन-जी आन्दोलबारे अध्ययन अनुसन्धान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगलाई पठाएको छ ।