शनिवार, आश्विन १७ गते २०८३

फागुन २१ गते तय भएको निर्वाचनसम्बन्धी छलफल असोज ३० गते गर्ने तयारी

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ मा तय गरेको प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी छलफल यही असोज ३० गते गर्न राजनीतिक दललाई बोलाएको छ ।

निर्वाचनको मिति घोषणा गरेर कार्यतालिका सार्वजनिक गर्दा समेत दलहरुलाई छलफलका लागि नबोलाएको भन्दै सरकार र निर्वाचन आयोगको आलोचना भइरहेको थियो । निर्वाचनमा भाग लिने दलहरुलाई छलफलमा नबोलाएको आलोचना भएसँगै निर्वाचन आयोगले ३० असोजमा छलफलका लागि दलहरूलाई बोलाएको छ ।

आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको हो ।

आयोगले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दललाई पत्राचार गरेको छ ।

दलहरूसँग छलफल गर्ने तयारी असोज ३० का लागि भएता पनि औपचारिक पत्र लेख्न बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार