उनले चुनावसँगै वैदेशिक सहयोगमा आर्थिक उत्थानका कार्यक्रम अगाडि बढाउनका लागि आवश्यक समन्वय गर्न पनि निर्देशन दिएकी छन् । भर्चुअल बैठकमा सहभागी स्रोतले भन्यो, ‘विदेशी लगानी भित्र्याउन, व्यापार प्रबर्द्धन गर्न, पर्यटकका लागि नेपाल सुरक्षित रहेको भन्ने सन्देश प्रवाह गर्न प्रधानमन्त्रीज्यूले जोड दिनुभयो । यसमा राजदूतावास र नियोगले सक्रिय भूमिका खेल्नुपर्ने अपेक्षा गरिएको छ ।’
बैठकमा विदेशमा रहेका नेपालीको हितमा काम गर्न पनि निर्देशन दिइएको छ । राजदूतावास र नियोगको सेवालाई प्रविधिमैत्री बनाउने, सुशासन कायम गर्ने, भिजिट भिसा दुरुपयोग हुन नदिने जस्ता कुरामा प्रधानमन्त्री कार्कीले जोड दिइन् ।
जेनजी आन्दोलनपछि कतिपय देशले नेपालीको भिसा रोकेको विषयमा प्रधानमन्त्री कार्कीले नेपालको छवि सुधार गर्न राजदूतहरूलाई आग्रह गरेकी छन् ।
नेपाली राजदूतसँगको संवादपछि अब प्रधानमन्त्री कार्कीले नेपालस्थित विदेशी कूटनीतिक प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।