शनिवार, आश्विन १७ गते २०८३

मधेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुँदै

बुधवार , आश्विन २२, २०८२

काठमाडौँ । मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरिएको छ ।

बुधबार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा नेपाली कांग्रेस, नेकपा एमाले र जनमत मिलेर नयाँ सरकार गठन गर्ने भन्दै दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णा प्रसाद यादवको नेतृत्वमा सरकार गठन हुन लागेको छ । यसअघि जनमत नेतृत्वको सरकारमा नेकपा एमालेबाट मन्त्री बनेकाहरूले यसअघि नै पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार