काठमाडौँ । नेकपा एमालेले बिहीबार गुण्डुमा कार्यकर्ता उतारेर आफ्नो शक्ति देखाउने भएके छ ।
एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालयनजिकै कार्यकर्ता भेलाको आयोजना गरेको हो। आज पनि अध्यक्ष ओलीले पछिल्लो अवस्थाबारे धारणा राख्ने नेताहरूले बताएका छन्। उक्त कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरू पनि सहभागी हुने आयोजकले जानकारी दिएका छन्।
जेन–जी प्रदर्शनकारीको एउटा घटकले बिहीबार माइतीघर मण्डला प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन कार्यालयसँग अनुमति पनि लिएको थियो। जेन–जी विद्रोहको बिहीबार महिना दिन पुगेको सन्दर्भमा आन्दोलनको मर्म र भावनाको जगेर्ना गर्न भन्दै ती प्रदर्शनकारीले अनुमति लिए पनि गृह मन्त्रालयले उक्त कार्यक्रम नगर्न भनेको थियो।
त्यसपछि उनीहरूले माइतीघर मण्डलको कार्यक्रम स्थगित गरेका छन्।