शनिवार, आश्विन १७ गते २०८३

नेपाली कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक जारी

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक चलिरहेको छ ।

जेनजी विद्रोहका कारण २४ भदौमा जलेर खण्डहर बनेको केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू भएको हो । बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित छैनन् । पार्टी उपसभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा बैठक सुरू भएको हो ।

कांग्रेसको २६ असोजबाट केन्द्रीय कार्यसमिति बैठक हुँदैछ । त्यसैको तयारीस्वरुप यो बैठक बसेको हो । यस बैठकलाई केन्द्रीय कार्यसमिति बैठकको एजेन्डासहित अन्य तयारीको रूपमा लिइएको छ । आजको बैठक सभापति देउवाले डाके पनि बैठकमा उनी आएका छैनन् ।

उनी जेनजीको भदौ २४ गते आन्दोलनपछि कहाँ छन् भन्ने सार्वजनिक भएका छैनन् । केही नेताहरुले भने उनको परिवार ललितपुरमा एक घर भाडामा लिएर बसिरहेको भन्ने खुुलाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार