शनिवार, आश्विन १७ गते २०८३

गृहमन्त्री अर्यालले गरे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् । छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।

पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे जानकारी लिएको बताइएको छ । साथै, काठमाडौंमा बढेको सुरक्षा चुनौतीबारे पनि उनीहरूबीच छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार