शनिवार, आश्विन १७ गते २०८३

अध्यक्ष ओली भन्छन्– गृहमन्त्रीबाबुलाई धेरै नचम्किन र सम्हालिन सल्लाह लिन चाहान्छु

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति असाधारण र असामान्य रहेको टिप्पणी गरेका छन् ।

उनले आज (बिहीबार) एमालेको भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । संसद् भंगको शर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बनेको उनको दाबी छ । उनले सुशीला कार्कीलाई नेपालको संविधान राम्रोसँग थाहा रहेको र संविधानको व्याख्या गरेर आएको व्यक्ति भएको सुनाएका छन् ।

उनले भने, ‘उहाँले के के व्याख्या गर्नुभयो, त्यो छोड्दिउँ । नेपालको संविधानले स्पष्ट रुपमा भन्छ सर्वोच्च अदालतको न्यायाधीश भैसकेको व्यक्ति, पूर्व प्रधानन्याधीश कुनैपनि सरकारी लाभको पदमा बस्नै सक्दैन । उहाँलाई राम्ररी थाहा छ । तर उहाँ भदौ २३ गते सडकमा उत्रिनुभयो, उहाँ के कामको लागि उत्रिनुभयो ? चुनाव त राष्ट्रपतिले चुनाव गराउ भनेर तोकिदिएको हो ।’

अहिले राति राति केपी ओलीलाई कसरी गिर्फतारी गर्न सकिन्छ भनेर मिटिङ गरिरहेको पनि उनले बताएका छन् । सुशीला कार्कीहरुले सुरुमा आफूलगायत केही मान्छेको पासपोर्ट रोक्का भनेर सडक तमाशा गरेको बताएका छन् । उनले सुशीला कार्कीको सरकार हा–हुबाट बनेको कुरा आजपनि दोहोर्याएका छन् ।

उनले भने, ‘मैले अस्ति यो सरकार जसरी बन्यो, यो हा हु बाट बनेको हो, यसको अलिक व्याख्या गरेको छैन, समयमा गरौंला । यो कसैको प्रतिनिधि होईन, नेपालीको चाहीँ होईन । उहाँहरु एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ ।’ काठमाडौं उपत्यका छोड्न नपाउने भनेरपनि यो सरकारले तमाशा गरेको भन्दै सुशीला कार्कीको डरले केपी ओली गुटुटु नभाग्ने चूनौति दिएका छन् ।

उनले भने, ‘सुशीला कार्कीको डरले केपी भाग्छ गुटुटु ? के सोच्या छ ? तपाईंहरुले कतिले नाम सुन्नुभएको थियो, अहिलेको गृहमन्त्री ? मैले त नाम पनि सुनेको थिइनँ । गृहमन्त्री भएपछि थाहा भएको हो । उनको सम्बन्धमा मलाई धेरै केही भन्नु छैन । गृहमन्त्रीबाबुलाई धेरै नउत्ताउलिन, नचम्किन र सम्हालिन सल्लाह दिन चाहन्छु । देश चलाउने कुरा ख्याल ठट्टाको कुरा होईन ।’

देशको रक्षा र स्वाभिमान तलमाथि हुन नदिनको लागि आफूहरु जुनसुकै बलिदान दिन तयार रहेको भन्दै नझिस्काउन पनि ओलीले चेतावनी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार