शनिवार, आश्विन १७ गते २०८३

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

बिहिवार , आश्विन २३, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलले शितलनिवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका छन् ।

भेटमा बाढीपहिरोबाट भएको क्षति, पछिल्लो राजनीतिक घटनाक्रमका साथै फागुन २१ गते हुने निर्वाचनको तयारी लगायतबारे छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार