शनिवार, आश्विन १७ गते २०८३

राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग शुक्रबार अपरान्ह छलफल गर्दै छन् ।

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् । शीतल निवास स्रोतका अनुसार आसन्न चुनावका सन्दर्भमा छलफल केन्द्रित रहनेछ ।

छलफल शीतलनिवासमै हुनेछ । बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।

सरकारले फागुन २१ का निम्ति निर्वाचन गर्नेगरी तयारी जारी राखेका बेला त्यसलाई सफल बनाउनका लागि छलफल गर्न लागिएको हो ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार