शनिवार, आश्विन १७ गते २०८३

अध्यक्ष प्रचण्ड भन्छन्– सक्कली जेनजीसँग सहकार्य गरेर नक्कलीलाई सार्वजनिक गर्नुपर्छ

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरू सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शुक्रबार राजधानीमा सम्पादकहरूसँग छलफल गर्ने क्रममा यस्तो बताएका हुन् । उनले जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय नै भएको र नेपालको आन्दोलनमा पनि देशी विदेशी शक्तिहरू सक्रिय भएको अनुभव आफूले गरेको बताएका छन् ।

उनले भने, ‘जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय भयो । विभिन्न देशमा चल्दै छ, एक भारतीय बौद्धिकले जेनजी आन्दोलन चटपटे हो भने । राजावादीदेखि देशी विदेशीसमेत छन् । मलाई पनि त्यस्तै लाग्यो ।’

उनले २३ गतेको प्रदर्शनमा आन्तरिक र २४ गतेको प्रदर्शनमा बाह्य पक्षको मुख्य भूमिका रहेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार