शनिवार, आश्विन १७ गते २०८३

राष्ट्रपतिले बोलाएको सरकार र राजनीतिक दलहरूको बैठकमा प्रचण्ड सहभागी नहुने

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सरकार र राजनीतिक दलहरूको बैठकमा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा हुने छलफलमा संयोजक प्रचण्ड सहभागी नहुने प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ । माओवादी केन्द्रबाट पूर्ववरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी हुने भएका छन् । स्रोतले भन्यो, ‘राष्ट्रपतिले बोलाएको छलफलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन जानुहुन्छ, प्रचण्ड जानुहुन्न ।’

जेनजी आन्दोलनपछिको अवस्था र घोषित निर्वाचनको वातावरण बनाउने विषयमा राष्ट्रपति पौडेलले शुक्रबार सरकार र राजनीतिक दलका नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार